
तुलसीपुर,२७ फागुन ।
दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन आज(आईतबार)देखि दाङको तुलसीपुरमा उद्यम विकास तालिम शुरु भएको छ ।
दलित महिला संघ दाङको आयोजनामा शुरु भएको तालिमको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
संस्थाका अध्यक्ष युवा कराराको अध्यक्षता,तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यता एवम वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीको विशिष्ठ आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
तलिम उद्घाटन संगै प्रमुख अतिथि उपमेयर चौधरीले महिलाहरु आत्मनिर्भर बन्न व्यवसायीक बन्नुपर्ने बताउनुभयो । योजना निमार्ण नगरेर व्यवसाय शुरुवात गर्दा सफलता प्राप्त गर्न कठिनाई हने भन्दै प्राविधिक ज्ञान समेत जान्न आवश्यक रहेको उहाँले बताउनुभयो । व्यवसाय सञ्चालन गर्दा सबै विषयको योजना बनाएर मात्र कामको थालनी गरे आर्थीक आय आर्जन सोचे अनुसारको गर्न सकिने उहाँले बताउनुभयो । परिवारमा आर्थिक अवस्थाकै कारण विभिन समस्याहरु देखा पर्ने भन्दै आफ्नो लागि आफै उद्यम गरेर आय आर्जनमा जोडिदा महिला हिंसाका घटनामा समेत कमि आउने धारणा राख्नुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले समाजमा महिलाहरु अवसरको खोजीमा रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले तालिम पछि प्रशिक्षार्थीहरुलाई व्यससायीक रुपमा उद्यमी बन्न प्रेरणा मिल्ने बताउनुभयो ।साथै उहाँले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न समेत सुझाव दिनुभएको छ ।
तालिमले उद्यम गरिरहेका व्यवसायीलाई व्यससायीक उद्यम गर्ने तरिकाका बारेमा थप व्यवस्थीत तथा नयाँ उद्यमीलाइ व्यवसायीक योजना निर्माणमा सहज हुने उहाँले बताउनुभयो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले महिलाहरुले घरायसी श्रम अत्याधिक गर्ने तर नगद अर्थोपार्जनका काममा सामेल नहुँदा परनिर्भर बन्नु परेको बताउनुभयो । जहाँ कमजोर हुन्छ,त्यहाँ शोषण,दमन र हेपाह प्रवृति हुने सामाजिक संस्कार विद्यमान समस्या रहेकाले यसको अन्त्यका लागि सम्पुर्ण महिलाहरु उद्यमशीलतामा अग्रसर हुनुपर्ने बताउनुभयो । उद्यमले नै महिलाहरुलाई आर्थीक रुपमा सवल र सफल बनाउने भएकाले आर्थीक समृद्धि प्राप्त गर्न समेत सहज हुने उहाँको भनाई थियो ।
तीन दिन सम्म संचालन हुने तालिममा उद्यमशिलता तथा व्यवसायीक आधारभुत अवधारणा,स्थानीय स्तरमा सञ्चालन गर्न सकिने व्यवसाय,व्यवसायको आन्तरीक र वाह्य छनौट्,व्यवसायीक योजना निर्माण लगाएतका विषयमा प्रशिक्षण गरिने संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिनुभयो ।
संस्थाले तुलसीपुर उपमहानगरपालिका र दंगिशरण गाँउपालिकामा गठन गरेका दलित समुहबाट २६ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
तालिम पश्चात प्रशिक्षार्थीले सञ्चालन गर्न चाहेको व्यवसायको मूल्याङकन गरेर संस्थाले आर्थीक सहायता उपलव्ध गराउने छ । संस्थाले वंगुर,वाख्रा तथा कुखुरा पालन व्यवसायका लागि १० वटा समुहलाई तालिम पछि उद्यमशिल बन्न प्रेरणा स्वरुप चार लाख दश हजार रुपैया प्रदान गरिने कार्यक्रम संयोजक सेञ्चुरीले बताउनुभयो ।
उद्यम विकास तालिमको प्रशिक्षकमा कमलाकान्त दाहाल र पशु व्यवसायको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख सुवास अचार्य रहनुभएको छ । विगतका दिनमा पनि संस्थाले उद्यम विकासका तालिमहरु संचालन गर्दे आएको छ ।