२०८१ असोज २७ गते आइतवार

तुलसीपुरमा ३२ हजार बढि बालबालिकाले लगाए दादुरा-रुवेला विरुद्धको खोप



तुलसीपुर, २७ फागुन ।
तुलसीपुरमा दादुरा-रुवेला विरुद्धको खोप अभियानको चौथो दिन आज (आइतबार)सम्म ३२ हजार बढि बालबालिकालाई खोप लगाइएको छ । चौथो दिन आजमात्रै १० हजार ७०२ जना बालबालिकालाई खोप लगाईको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको चौथो दिन आइतबार सम्म  ३२ हजार ७०२ जना बालबालिकालाई खोप लगाइएको छ ।

फागुन २२ गतेदेखि सुरु भएको अभियान चैत्र ४ गते सम्म सञ्चालन हुनेछ ।खोप अभियानमा तुलसीपुर उपमहानगरपालिकामा रहेका ६० हजार ६६४ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।

उपमहानगरका १९ वटै वडाहरुमा रहेका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट खोप लगाउने कार्यक्रम सञ्चालन भैरहेको छ । दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्दछ । दादुरा-रुबेलाको खोप यस अघि लगाएको भएपनि अभियानको समयमा अनिवार्य रुपमा बालबालीकालाई लगाउनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार