२०८१ साउन ५ गते आइतवार

स्कुल बस आगजनीे घटनामा दोषीलाई कारबाहीको माग



दाङ,२८ फागुन ।
दाङको गढवा गाँउपालिका-६ गढवा बजारमा रहेको ज्ञानज्योती बोर्डिङ स्कुलको बसमा अज्ञात समुहबाट भएको आगलागीको घटनामा नेशनल प्याब्सन दाङले दुःख व्यक्त गरेको छ ।

नेशनल प्याब्सन दाङका सह-सचिव दिपक कुमार यादब प्रधानाध्यापक रहेको विद्यालयको बसमा शुक्रवार राति अज्ञात समुहबाट आगजनी भएको थियो । घटनाको प्रती दुःख व्यक्त गर्दे दोषीको तत्काल पहिचान गरि कारबाहीको माग गरिएको छ ।

पार्कीङ गरेर राखेको समयमा अज्ञात समुहबाट भएको आगजनीको घटना प्रती नेशनल प्याब्सन दाङ परिवार दुःख व्यक्त गर्दछ । यस प्रकारको निन्दनीय कार्यको घोर बिरोध गर्दे घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाहीसहित उचित क्षतीपुर्तिको माग गर्दछौ,जिल्ला अध्यक्ष भोजराज न्यौपाने र सचिव शालिकराम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार