२०८१ माघ ४ गते शुक्रवार

घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत



दाङ,२९ फागुन ।

दाङकाे घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ ।

नेपाल नगरपालिका संघले आफ्नो ३१ औँ बार्षिक उत्सवका अबसरमा घोराही उपमहानगरपालिकालाई संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा राम्रो काम गरेको मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिकाकारुपमा पुरस्कृत गरेको हो।

काठमाडौमा आयोजित एक समारोहका विच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई उक्त उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

देशभरका नगरपालिकाहरुबाट प्राप्त कार्य सम्पादनका आधारमा मूल्यांकन गर्दा घोराही उपमहानगरपालिका संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा उत्कृष्ट भएको हो । पुरस्कार प्राप्त गरेपछि नगर प्रमुख चौधरीले जनप्रतिनिधी, कर्मचारी एवं सम्पूर्ण सरोकारवालालाई धन्यबाद दिनुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार