दाङ, ३० फागुन ।
राप्ती बबई क्याम्पस तुलसीपुरले शोकसभा गरेको छ । क्याम्पसका सहायक प्राध्यापक हिमालय श्रवण देवकोटाको सम्झनामा मंगलबार शोकसभा भएको हो ।
श्रद्धान्जली सभामा देवकोटाले क्याम्पसप्रति पुर्याएको योगदान, निभाएको भुमिका र लगानीलाई सम्मान गर्दै शिक्षाको ईतिहासमा उहाँकाे यात्रा अमर रहने बताइएकाे छ ।
शाेकसभामा संचालक समितीका अध्यक्ष श्यामकुमार रेग्मी, क्याम्पस प्रमुख गणेश पार्धे, प्राध्यापक संघका अध्यक्ष भुप बहादुर बुढाथोकी लगाएतले उहाँको स्मरण गर्नुभएको हो ।
सभाको सहजिकरण सहायक क्याम्पस प्रमुख दिपक पौडेलले गर्नुभएको हो । तुलसीपुर-४ बनहरी निवासी प्राध्यापक देवकोटाको गत फागुन २५ गते ५४ बर्षको उमेरमा निधन भएको हो ।
प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार