तुलसीपुर,चैत १ ।
तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा वस्दै आएका निसान्त वस्नेत विहिवार (आज) विहान ४:४५ वजेतिर लुटिएका हुन् ।
वस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला विहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने वाहिनि चोकमा लुटिएको निश्चलकी आमा अमृता वस्नेतले जानकारी दिनुभयो ।
आफुहरु हिडिरहेको बेला एक्कासी हतारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोवाईल दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल वस्नेतले वताउनुभयो ।
यसरी लुटिए पछि नजिकै रहेका केहि महिललाई गुहार मागेको तर उनिहरु सहयोग नगरेको पिडित वस्नेतले बताउनुभयो । चोरीका वारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० वजे पछि मात्रै आउनु भने पछि निरास भएर घर फर्किएको वस्नेतले जानकारी दिनुभयो।
यसरी मर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षमा थप चुनौती भएको छ । माेवाइल लुटपाटका घट्ना तुलसीपुरमा नयाँ भने हाेईन यस अघिपनि तुलसीपुरका विभिन्न ठाँउबाट पैदलयात्रीका माेवाइल लुट्ने गिराेह पक्राउ पर्ने गरेका छन् ।