तुलसीपुर, १ चैत ।
राप्ती आँखा अस्पतालमा गुर्भाकोट नगरपालिकाका पदाधिकारी र सामुदायिक आँखा उपचार केन्द्र गुर्भाकोट मेहेलकुना सुर्खेत सहयोग समितिका पदाधिकारीहरुले अवलोकन तथा छलफल गरेका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा भएको कार्यक्रममा अस्पतालले दिदै आएको सेवा, अन्धोपनको अवस्था र सामुदायिक आँखा उपचार केन्द्रको विकासका लागि छलफल भएको थियो ।
राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतमको अध्यक्षता तथा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख, हस्त पुनको प्रमुख आतिथ्यता उपप्रमुख मैना विक, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आँखा स्वास्थ्य सेवामा पुर्याएको सेवा, लुम्बिनी प्रदेश र कणर्ाली प्रदेशमा अन्धोपनको अवस्था र भावि कार्यक्रमको विषयमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराउनुभएको हो ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा भएको छलफल कार्यक्रममा सामुदायिक आँखा उपचार केन्द्र ( सर्जकल सेन्टर ) गुर्भाकोट मेहेलकुना सुर्खेतलाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने विषयमा नगर प्रमुख हस्त पुनले बताउनुभएको हो । उहाँले यसको विकासका लागि आफुहरुको साथ सहयोग सधै रहने बताउनुभयो ।
कणर्ाली प्रदेशका तथा सुर्खेतका नागरिकलाई आँखा सम्बन्धी सेवा प्रवाहका लागि आफुहरुले सहयोग गर्ने उनीहरुको भनाई थियो । त्यस्तै नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघले अन्धोपन न्यूनिकरणका लागि खेलेको भुमिका, आगामी कार्यक्रमको विषयमा जानकारी गराउनुभयो ।
उहाँले गुर्भाकोट आँखा उपचार केन्द्रको विकास तथा विस्तारका लागि राप्ती आँखा अस्पतालले सहकार्य गर्ने उहाँको भनाई थियो । ‘हामीहरुले उपचार केन्द्रलाई विकास गरि त्यहाँका जनतालाई आँखा उपचार सेवा दिन सकिन्छ भन्नेमा हामीहरु लाग्ने छौं ।’ उहाँले भन्नुभयो-‘त्यसमा नगरपालिकाको विशेष सहयोग आवश्यक छ ।’
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, सहकोषाध्यक्ष प्रणवकुमार खड्का, राप्ती आँखा अस्पतालका मेडिकल सुपरिटेण्डट डा. सन्तोष सुवेदी, कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटा, एकाडेमीक चिफ डा. सुरेश रसाइली, सामुदायिक आँखा उपचार केन्द्र ( सर्जकल सेन्टर ) गुर्भाकोट मेहेलकुना सुर्खेत सहयोग समितिका संयोजक विर्खबहादुर सार्की, गुर्भाकोट नगरपालिकाका स्वास्थ्य संयोजक पुणर्बहादुर घर्ती, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम लगायतले मन्तव्य राख्नुभएको हो ।
केहि समय अगाडी त्यहाँ मासिक सशुल्क शल्यक्रिया सेवा तथा सर्जिकल सेन्टरलाई आँखा अस्पतालको रुपमा विकास गर्ने सम्वन्धमा राप्ती आँखा अस्पताल संग त्रिपक्षीय सम्झौता समेत भएको छ ।