तुलसीपुर,३ चैत ।
नेपाल ज्योतिष परिषद तुलसीपुरको अध्यक्षमा ज्योतिष रामचन्द्र देवकोटा चयन हुनुभएको छ । आज(शनिबार) तुलसीपुरमा भएको नेपाल ज्योतिष परिषदको भेलाले रामचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिती गठन गरेको हो ।
जसको उपाध्यक्षमा राधा गिरी, सचिव शालिकराम देवकोटा, सहसचिव खुमानन्द देवकोटा, कोषाध्यक्ष नवराज देवकोटा रहनुभएकाे छ ।
त्यस्तै सदस्यहरुमा लोकमणी गौतम, बासुदेव पौडेल, कृपाराम शार्मा, झक्कु प्रसाद खडका ,नेत्र प्रकाश शर्मा र प्रविन देवकोटा चयन हुुनुभएकाे छ।
रामचन्द्र देवकोटाको अध्यक्षता तथा नेपमल ज्योतिष परिषदका दाङका अध्यक्ष कपिलदेव सुवेदिकाे प्रमुख आतिथ्यतामा तदर्थ समिति चयन गरिएकाे हाे।
कार्यक्रमा नेपाल ज्योतिष परिषद जिल्ला सचिव अर्जुन कुमार आचार्य र घोराहि नगर समितिका अध्यक्ष विष्णु कुमार देवकोटा लगाएतकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल ज्योतिष परिषद लूम्विनि प्रदेशका प्रचार सविव ज्योतिष ठाकुर देवकोटाले गर्नुभएको थियो ।