२०८१ चैत्र १२ गते मङ्गलवार

सुनचाँदी ब्यबसायी लुम्बिनीको अध्यक्ष र सचिब दाङले पायाे



दाङ, ३ चैत ।

नेपाल सुनचाँदी ब्यसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष र सचिबमा दाङका ब्यबसायी निर्वाचित भएका छन् । कपिलवस्तुको बाणगङ्गगामा शनिबार सम्पन्न भएको महासंघ लुम्बिनी प्रदेशको चाैथाे साधारण सभा तथा दाेस्राे अधिवेशनबाट अध्यक्षमा दाङका ब्यबसायी धुर्ब्र कुमार गतराज निर्बिरोध निर्बाचित हुनुभएको छ । गहतराज नेपाल सुनचाँदी ब्यवसायी संघ घाेराहिका पुर्व अध्यक्ष तथा महासंघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

प्रदेशको उपाध्यक्षमा नेपालगन्जका हिमान्शु वैश्य निर्बाचित हुनुभएको छ । सचिबमा दाङका ब्यबसायी हरिकृष्ण बिक चयन हुनुभएको छ । बिक तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हुनुहुन्छ । यस्तै  तुलसीपुरका ब्यबसायी लाकेन्द्र वली सदस्यमा चयन हुनुभएको तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघका महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार गहतराजको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन भएकाे छ ।साथै नबनिर्बाचित पदाधिकारीको पहिलो बैठक समेत बसेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार