२०८१ माघ ९ गते बुधवार

१० करोड लगानीमा कराही



दाङ, ७ चैत ।
रोजगारीका लागि युवाहरु विदेश जाने क्रम बढ्दै गएको अवस्थामा तुलसीपुरका तीन जना युवाले भने १० करोड लगानीमा सुविधासम्पन्न पाटी प्यालेससहितको रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा एक वर्षअघिदेखि कराही इभेन्ट एण्ड स्पोट रेष्टुरेन्ट संचालनमा आएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का सुवणर् वली, सुजन वली र तुलसीपुर-६ का अजय रजौरेले १० करोडको लगानीमा सुविधा सम्पन्न सभाहलसहितको रेष्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।

गतवर्ष माघदेखि रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक सुजन वलीले बताउनुभयो । उहाँले ठुलो लगानी गरेर विदेश जानुभन्दा स्वदेशमा अरुलाई पनि रोजगारी दिने गरी सभाहलसहितको रेष्टुरेन्ट संचालनमा ल्याएको बताउनुभयो ।

अहिले रेष्टुरेन्टमा २४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेको उहाँले बताउनुभयो । रेष्टुरेन्ट डेढ विगाह क्षेत्रफलमा फैलिएको छ ।

सुजन १० वर्षअघि बेलायतमा होटेल म्यानेजमेन्ट अध्ययन गरी नेपाल फर्किनुभएको हो । यसअघि तुलसीपुरमा कोको भ्यू संचालनमा ल्याउनुभएका उहाँले पछिल्लो समय सामुहिक लगानीमा फेरि कराही इभेन्ट संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

‘रेष्टुरेन्टसहित दुइ वटा सभाहल छन् ।’ उहाँले भन्नुभयो-‘एउटा सभाहल १ हजार जना अट्ने क्षमताको छ भने अर्को सभाहल ७ सय जना अट्ने क्षमताको छ, भने रेष्टुरेन्ट २ सय जना अट्ने क्षमताको छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार