२०८१ माघ १० गते बिहिवार

प्रदेश अधिकार लिने प्रर्यत्न गर्नेछु :गहतराज



तुलसीपुर, ७ चैत ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको नवनिर्वाचित सभापती धुव्र कुमार गहतराजले आफुहरुले प्रदेशको अधिकार लिन प्रर्यत्न गर्ने बताउनु भएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आज ९बुधवार० तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई सम्मान कार्यक्रममा बोल्दै उहाले सुनचाँदी व्यवसायी महासंघको केन्द्रिकृत अधिकारलाई प्रदेश सम्म ल्याउनका लागी संघर्ष गर्ने बताउनु भएको छ।

सुनचाँदी व्यवसायीहरुको हक र अधिकारको विषयलाई महासंघले केन्द्रमा मात्रै केन्द्रिकृत गर्दै आएको र प्रदेश तथा जिल्लालाई अधिकार प्रत्योजन गर्न कन्जुस्याई गरेको उहाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभापती गहतराजले आफुहरुको अधिकार लिएर व्यवसायीको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेशको काम,कर्तव्य र अधिकार थुप्रै भएपनि महासंघले केन्द्रमा सिमित गर्न चाहेको उहाले बताउनुभयो ।

साथै उहाले व्यवसायीहरुमा ज्यालाजर्दीको मुल्यमा एकरुपकता ल्याउनुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकारले प्रदेशको निर्वाचन सकिएको र अब महासंघ केन्द्रको निर्वाचनको तयारी भईरहेको बताउनुभयो । प्रदेशमा दाङबाट अध्यक्ष, सचिव र एक जना सदस्यमा विजयी बनाउन सफल भएकोमा बधाई तथा शुभकामना दिदै उहाले केन्द्रमा पनि जिल्लाबाट पदाधिकारीमै दावी गर्ने बताउनुभयो । संघका उपाध्यक्ष ईन्द्रविर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशको नवनिर्वाचित सचिव हरिकृष्ण विकले आफुले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यवसायीहरुको सल्लाह र चाहाना अनुसार नै आफु र आफु नेतृत्व महासंघले काम गर्ने बताउदै निर्वाचित बनाउन सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा नवनिर्वाचित प्रदेश सदस्य लोकेन्द्र वली, संघका सल्लाहकार तथा प्रदेश निर्वाचन कमिटिका सदस्य मिनराज वली, नेपाल सुनचाँदी व्यवसायी महासंघ संघ घोराहीका महासचिव मान बहादुर विक, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी महासंघ संघ तुलसीपुरका सचिव लोक बहादुर विक, प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्मा र सदस्य निपुन सुनारले नवनिर्वाचित प्रदेश पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । संघका निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्य मदन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार