२०८१ चैत्र ३ गते आइतवार

क्यान्सर पीडित शर्मालाई सहयोगको अपिल



दाङ, ८ चैत ।

क्यान्सर रोग पीडित उमाराज शर्माको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । घोराही-८ दुन्द्र गाउँ निवासी क्यान्सर रोग पीडित शर्माको उपचारमा सहयोग गरिदिन उहाका बुवा गिरिराज शर्माले आग्रह गर्नुभएको हो ।

शर्मालाई फोक्सोमा क्यान्सर रोग छ । उपचारमा लाखौँ खर्च भइसकेको र पछिल्लो समय रकम अभावमा उपचार गर्न समस्या भएको परिवारले बताएको छ । उमाराज शर्मालाई थप उपचार गराइ रहनुपर्ने डाक्टरको भनाइ अनुसार थप आर्थीक सहयोग आवस्यक परेको हुदा सहयोग गर्न परिवारले अपिल गरेको हो । शर्माको भरतपुर क्यान्सर अस्पताल चितवनमा बिरामीको उपचार भइरहेको छ ।

अस्पतालकै बेडमा बसेर उपचार गराउने पर्ने हो तर पैसाकै अभाव भएका कारण घरबाट आउने जाने गर्ने गरेको बुवा गिरिराज शर्माले जानकारी दिनुभयो । सहयोग गर्नका लागि एभरेस्ट बैंकको तहको स्क्यान क्युआर कोड साबित भण्डारीको बैंक खातामा जम्मा गरिदिनु हुन अनुरोध छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार