२०८१ चैत्र ३ गते आइतवार

मिटर ब्याज पिडितको गुनासो सुन्न डेस्क  स्थापना



दाङ, ८ चैत्र ।
दाङमा मिटर ब्याज पिडितको गुनासो सुन्न डेस्क स्थापना भएको छ । मिटरब्याज सम्बन्धी उजुरी निवेदन लिन र पीडितहरुको गुनासो तत्काल सुनुवाई गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरिएको हो ।

मिटरब्याज अर्थात अनुचित लेनदेन सम्बन्धी गुनासो सुन्ने अधिकारी प्रशासकिय, अधिकृत बिजय गौतमलाई तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गरी फोकल अधिकृत अर्थात गुनासो सुनुवाई तथा सहजीकरण अधिकृत) तोकी कार्यालयको मुद्दा शाखामा गुनासो सुनुवाई तथा सहजीकरण डेस्क संचालन गरिएको उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार