
दाङ, १२ चैत ।
तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर- ७ ग्वारखोलाका १९ वर्षका मनिष बिक, बाईकमा पछाडी सवार सोही ठाँउका १७ वर्षका सुरज महर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मनिषले चललाएको रा २ प ७१७३ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई तुलसीपुर ७ पर्सेनी स्थित लोक प्रसाद हलुवाईको पसल भित्र छिरेको ईलाका प्रहरी कार्यालय नुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
पसल साहु तुलसीपुर ७ पर्सेनीका लोक प्रसाद हलुवाई पनि घाइते भएको मल्लले बताउनुभयो ।
बिजौरीबाट तुलसीपुर तर्फ आउदै गरेको रा २ प ७१७३ नम्बरको टु-ट्वान्टी पल्सर मोटरसाइकल आज बिहान ११ बजेको समयमा तुलसीपुर ७ पर्सेनी बजारमा अनियन्त्रित भएर हल्वाईको पसलमा भित्र पुग्दा दुर्घटना भएको हो ।
घाइते मध्य मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ॥