तुलसीपुर, १७ चैत ।
रोटरी क्लव अफ तुलसीपुर सिटी तुलसीपुर बजारलाई हरियाली बनाउन अग्रसर बनेको छ । तुलसीपुर बजारलाई सफा र हरियाली बनाउनमा क्लब सक्रिय बनेको हो ।
क्लवका अध्यक्ष पवन योगिले तुलसीपुर उपमहागरपालिकाले क्लवलाई सरसफाई संगै बोटविरुवालाई संरक्षण गर्ने जिम्मेवारी दिएकोले जिम्मेवारी पुरा गर्न क्लवका सदस्यहरु लागिपरेको बताउनुभयो ।
क्लवले तुलसीपुर– ६ घोराही रोडमा रहेको रोटरी ग्रिनपार्कको कामको सुरुवात गरेको छ । बरुवागाँउले कुलेदेखि हात्तिखौवा चोकसम्म रहेको रोटरी ग्रिनपार्कको सेलिङहरुमा सङगरोगन गर्न सुरु गरेको अध्यक्ष योगिले बताउनुभयो । क्लबका सदस्यहरुले आफ्नै लगानीमा बिग्रीएको रेलिङलाई मर्मत सम्भार गर्ने र सबै रेलिङगमा रङगहरु लगाउन सुरु गरेको उहाँले बताउनुभयो ।
क्लबकै लगानीमा शनिबारदेखि ग्रिनपार्कमा रङरोगनको काम सुरु भएको छ । १ लाख ५० हजारको लागत लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । वर्षायाम सुरु भएपछि नयाँ बोटविरुवाहरु लगाउने योजना रहेको अध्यक्ष योगीले बताउनुभयो ।
बजारलाई सुन्दर बनाउनको लागि क्लवले विभिन्न समयमा सरसफाईसंगै बोट बिरुवा गोडमेल तथा बोटविरुवालाई मलजल पनि गदै आएको आएको छ ।।