२०८२ बैशाख ९ गते मङ्गलवार

राप्ती आंखा अस्पतालमा नानी प्रत्यारोपण निशुल्क



तुलसीपुर, २० चैत ।

राप्ती आँखा अस्पतालमा निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा सुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग एवम नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा निःशूल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रमको शुभारम्भ स्वास्थ्य मन्त्री राजु खनालले आज(मंगलवार) गर्नुभएकाे हाे ।

अव यो संगै लुम्बिनी प्रदेशमा रहेका आँखाका बिरामीले अब निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा पाउने छन् । यो सेवा तुलसीपुरको रक्षाचौर आंखा अस्पताल, लमही आंखा अस्पताल र छन्द कालेवावु नारायणि आंखा अस्पताल वहादुरगन्जबाट उपलव्ध हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती आंखा अस्पतालले दिएको सेवाको उत्कृष्ट मुल्यांकन गर्दै अस्पतालले नेपालीहरुलाइ मात्र नभएर छिमेकी भारतीय नागरीकहरुकालागी पनि सस्तो र सहज रुपमा आंखा स्वास्थ्य सेवा प्रदान गरेकोमा आफु पनि गौरवान्वीत भएको बताउनुभयाे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले राप्ती आंखा अस्पताललाइ स्थानिय सरकारले सक्दो सहयोग गर्दै आएको बताउदै यो सहयोगलाइ थप प्रार्थमिकताका साथ निरन्तरता दिने बताउनुभयाे ।

‘ राप्ती आंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको निशुल्क नानी प्रत्यारोपण कार्यक्रममा स्वागत मन्तव्य उपसभापति रेशम वहादुर खड्काले गर्नुभथिएकाे थियाे भने कार्यक्रमको सहजीकरण सुचना अधिकारी वालाराम खड्काले गर्नुभएकाे हाे।
कार्यक्रमकाे समापन गर्दै कार्यक्रमका अध्यक्ष कृष्ण कुमार गिरीले आंखा बा का रुपमा चिनिने डा रामप्रसाद पोख्रेलको अभियानको स्मरण गर्दै राप्ती आंखा अस्पतालले विशिष्टिकृत सेवा प्रवाहका सन्दर्भमा सदैव प्रयास, पहल र समन्वय गर्दै आएको बताउनुभयाे।

नेपाल नेत्रज्योति सघ दाङ अन्तर्गतका अस्पताल राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तु र अन्य लुम्विनी प्रदेशका दुई वटा आँखा अस्पतालबाट निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा पाउने छन् । नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालमा विगत २ वर्षदेखि कर्निया रोग विशेषज्ञ डा.ज्योति सापकोटाले आँखाको नानी प्रत्यारोपण सेवा दिइरहनुभएकाे छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार