२०८१ फाल्गुन ६ गते मङ्गलवार

लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु



दाङ, २३ चैत ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामासँगै नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले जनाएको छ ।

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीको संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गर्नुहुने भएको छ । महरालाई सर्मथनका लागि एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भएको छ । नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने सम्भावना भए पनि आन्तरिक विवादका कारण उनीहरूले हस्ताक्षर गरेका छैनन् ।

प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो । मुख्यमन्त्रीको राजीनामा र नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार