तुलसीपुर, २४ चैत ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १९ औं साधारणसभा तथा कार्यपरिषद बैठक गरेको छ । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा सरोकारवालालो बढ्दो जनसंख्याको पानीको मागलाई दिर्घकालिन समाधानका लागि स्रोतको खोजी तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले बबई लिफ्टीङको आयोजना समयमै सम्पन्न गर्नुपर्ने, पाइपलाइन सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष भोला थापाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले संस्थाको आर्थिक विवरण पारदर्शी गराउने प्रतिवद्दता व्यक्त गर्दै संस्थाको ६ करोड ८१ लाख ७२ हजार वचत रहेको बताउनुभयो ।
नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले तुलसीपुर बजारमा सार्वजनिक धाराको व्यवस्था गर्न समितिलाई सुझाव दिनुभयो । बजारमा सार्वजनिक धारा नहुँदा बजारमा आउने आम नगरिकले समस्या झेलिरहेको बताउनुभयो ।
महिला पार्षद संयोजक नोखी रावत, जीत बहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको हो । संस्थाका उपाध्यक्ष सीताराम शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सेवकराम भण्डारीले गर्नुभएको हो ।