२०८१ माघ ९ गते बुधवार

डिभाइन मन्टेश्वरीमा प्रिस्कुल उतिर्ण विद्यार्थी दिक्षित



दाङ, २४ चैत ।
डिभाइन मन्टेश्वरीले युकेजी पास गरेका विद्यार्थीलाई दिक्षान्त समारोह गरेको छ । तुलसीपुर–६ मा रहेको विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई दिक्षित गरेको हो ।

नर्सरी, एलकेजी, युकेजी पास गरेका अर्थात प्रिस्कुल पूरा गरेका विद्यार्थीलाई दिक्षान्त गरिएको डिभाइन एजुकेशनका सिइओ तथा प्रधानाध्यापक भोजराज न्यौपानेले बताउनुभयो । दिक्षान्त समारोहले विद्यार्थीले प्रिस्कुल पुरा गरेको प्रमाणित गरेको उहाँले बताउनुभयो ।

सिइओ न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य भिम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बुढाथोकीले विद्यार्थीको चौतर्फी विकासमा डिभाइनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनका लागि डिभाइन टेम्पलले किताबी ज्ञानसंगै बाहिरी ज्ञान पनि सिकाउने गरेको भन्दै प्रशंसा गर्नुभयो । डिभाइन मन्टेश्वरी संयोजक बिन्दु न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल महेश लामिछाने र अभिभावक झरणा रजौरेले मन्तव्य राख्नुभएको हो ।

युकेजी कक्षा शिक्षक जानभी वलीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण डिभाइन मन्टेश्वरी शिक्षक सुजाता डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार