तुलसीपुर, २४ चैत ।
तुलसीपुर होटल व्यवसायी समितिले शनिबार नवौँ साधारणसभा तथा २०८१ को भितेपात्रो बिमोचन कार्यक्रम गरेको छ । समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कराज काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि प्रदेश अध्यक्ष काफ्लेले होटल व्यवसायी दोहोरो करको मारमा परेको बताउनुभयो । उहाँले राज्यले व्यवसाय संचालन गर्ने वातावरण बनाउनुपर्ने बताउँदै होटल व्यवसायी पनि आर्थिक संकटको मारमा परेको बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले आर्थिक रुपान्तरणमा होटल व्यवसायीको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सल्लाहकार नेत्रलाल वलीले होटल व्यवसायी एकतामा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश पर्यटन बोर्ड सदस्य जनकप्रसाद खरालले व्यवसायीले लगानी गर्ने वातावरण नभएको बताउनुभयो । उहाँले राज्यले व्यवसायीलाई सुरक्षा गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा होटल व्यवसायी समितिका केन्द्रीय सदस्य नारायण भुसाल, तुलसीपुर-५ का सदस्य भिम बहादुर केसी, तुलसीपुर-८ का सदस्य तुलप्रसाद खराल, तुलसीपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष युवराज नेपाली, नेपाल उद्योग व्यापार संघका होताराम आचार्य, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष घनश्याम डाँगी व्यापार ७५ प्रतिशत कम भएको बताउनुभयो ।
उपाध्यक्ष दोणर् आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव तुफान केसीले गर्नुभएको हो । त्यस अवसरमा २०८१ सालको भितेपात्रे बिमोचन गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।