२०८१ माघ १० गते बिहिवार

फाेहाेरलाई माेहाेर बनाउदै तुलसीपुर उपमहानगर 



दाङ, २६ चैत ।

कुनै समय तुलसीपुरमा बजारबाट निस्कने पलाष्टिकजन्य तथा अन्य फाेहाेरहरूकाे चाङ किसानका खेतबारीमा देखिन्थ्यो । वर्षादकाे समयमा बजारकाे फाेहाेर भेलले बगाएर लैजादा बजारदेखि तल्लाे भेगका  किसानलाई खेतिपातिमा समस्या हुने गरेकाे थियाे। फाेहाेरमैला ब्यवस्थापनका लागि दाङकाे तुलसीपुर उपमहानगरपालिकालाई चुनाैति थियाे ।

तर आजभाेलि खाेजे अनुसार आवश्यक पलाष्टिक कम भेटिन थालेकाे तुलसीपुर-५ निवासी लक्ष्मी चाैधरीले बताउनुभयाे । उहाँले फालेका  पलाष्टिकहरू संकलन गरेर ढकिया,डाेरम्याट,किरिङ,टिम्याट लगाएतका सामाग्री बनाउनुहुन्छ। सँधैजसाे घर गृहस्थीमा व्यस्त रहने लक्ष्मि आजभाेली वातावरणीय सरसफाइ संगै स्वराेजगारकाे बाटाेमा हुनुहुन्छ। आफुले उत्पादन गरेका सामाग्रीलाई स्थानिय सरकारले बजारिकरण गर्न सहयाेग गर्नुपर्ने उहाँ बताउनुहुन्छ।

लक्ष्मि जस्तै तुलसीपुरकै कमला बुढा मगर पनि फाेहाेर व्यवस्थापनकाे लागि सबै मिलेर काम गरे सम्भव भएकाे बताउनुहुन्छ। काम नलाग्ने पालाष्टिकहरूलाई जम्मा गरेर आकर्षक डिजाईनमा सामाग्री उत्पादनका लागि कमला सहित १८ जना महिलाहरूले सुधारउन्मुख फाेहाेर व्यवस्थापनमा आधारित जलवायु उत्थानशिल सम्वन्धि तालिम लिनुभएकाे थियाे। अहिले उहाँहरू सबैले फालिएका पलाष्टिकबाट विभिन्न सामाग्रीहरू उत्पादन शुरू गर्नुभएकाे छ। उत्पादन गर्नुमात्र ठुलाे कुरा नभई व्यवस्थापन मूख्य चुनाैति भएकाे उहाँले बताउनुभयाे।उपमहानगरले आगामी दिनमा व्यवस्थापन पक्षलाई अझै व्यवस्थित गर्नुपर्ने उहाँकाे सुझाव छ।

 दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरलाई माेहाेर बनाउन शुरू गरेकाे छ । कुहिने र नकुहिने फाेहाेरलाई वर्गीकरण गरेर कुहिने फाेहाेरबाट  कम्पोष्ट मल उत्पादन गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रबाट  ‘तुलसी कम्पोष्ट मल’ उत्पादन गरेको हो ।

फाेहाेर व्यवस्थापन गर्न तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोष्ट मल समेत उत्पादन गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रबाट  ‘तुलसी कम्पोष्ट मल’ उत्पादन गरेको हो ।

प्रशोधन केन्द्रमा दुई छुट्टाछुटै मेसिनबाट कम्पोष्ट मल उत्पादन भइरहेको तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले बताउनुभयो । मलको गुणस्तर मापन भइसकेकोले अब बजारमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मल विभिन्न तौलमा प्योकेजिङ भएको छ । केहि दिनमै मूल्य निर्धारण गरी किसानलाई मल बिक्रि गर्ने उहाँले बताउनुभयो । खेर गइरहेको फोहोरलाई प्रयोग गरी कम्पोष्ट मल उत्पादन गरिएको हो ।

तुलसीपुरमा दैनिक ९० टन फोहोर उत्पादन हुने गरेको छ । तर प्रतिदिन २५ टन फोहोर मात्रै कम्पोष्ट मलका लागि प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

अहिले दैनिक करिब २ सय केजी कम्पोष्ट मल उत्पादन भइरहेको छ । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि आम नागरिकलाई आग्रह समेत गरिएको छ । कुहिने फोहोरबाट मल उत्पादन गर्न सकिने र नकुहिने फोहोरबाट विभिन्न सामग्री बनाउन सकिने भएकाले पनि फोहोर छुट्याएर व्यवस्थापन गर्न नागरिकलाई आग्रह गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

तर अधिकांश फोहोर नछुट्याएको आउने गरेको मल उत्पादन कारखानाका कर्मचारी कृष्ण चौधरीले बताउनुभयो ।  सबैभन्दा बढि सुर्तीजन्य पलाष्टिकका प्याकेटहरू छुट्याउन अप्ठेराे हुने गरेकाे उहाँले बताउनुभयाे । फोहोर छुट्याएर नआउँदा जनशक्ति र समयको खर्च बढी हुने गरेको उहाँको भनाई छ ।

यसैबिच तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले मलको बजारीकरणका लागि याेजना बनाएर कार्यान्वयन गर्ने तयारी भएकाे बताउनुभयो । तुलसीपुरकाे फाेहाेरमैलाकाे व्यवस्थापन तथ रासायनिक  मलको विस्थापन गर्नका लागि पनि कम्पोष्ट मल उत्पादन गरिएको उहाँको भनाई छ । कम्पाेष्ट मल विक्रीका लागि डिपाेकाे समेत स्थापना गर्नुपर्ने अबस्था रहेकाे उहाँले बताउनुभयो ।

मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लु वेस्ट भ्युका कार्यकारी निर्देशक नवीनविकास महर्जन बस्नेतले उत्पादन गरिएको मलको ल्याब परीक्षण गुणस्तर मापन गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार