तुलसीपुर,२७ चैत ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरकाे सर्भरमा समस्या आएकाे छ ।
तुलसीपुर वितरण केन्द्रले हिजाे एक सूचना जारी साे विषयमा जानकारी गराएकाे हाे।
महशुल काउन्टरमा रहेकाे सर्भरमा अचानक समस्या देखिएपछि महशुल बुझ्न समस्या भएकाे तुलसिपुर वितरण केन्द्र प्रमुख शिवनारायण गाेसलीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सर्भरकाे हार्डडिस्कमा समस्या देखिएपछि आज पनि महशुल बुझ्न नसकिने कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ । सर्भरमा समस्या देखिएपछि हिजाेदेखि नै कार्यालयले महशुल बझ्न सकेकाे छैन । मर्मत पश्चात् भाेलिदेखि नियमित महशुल बुझ्न सकिने गाेसलिले बताउनुभयाे।
प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार