२०८१ मङ्सिर २३ गते आइतवार

संघको जग्गा अतिक्रमणमा परेको विरोधमा तेक्वान्दो संघ



दाङ,२८ चैत ।
दाङ जिल्ला तेक्वान्दो संघले ऐलानी जग्गा अतिक्रमणमा परेको भन्दै आपत्ति जनाएको छ । राप्ती प्रादेशिक अस्पतालदेखि पूर्व, राप्ती राजमार्गदेखि नामीनगर जोड्ने सडकको उत्तरतर्फ रहेको खाली जमिनमा केही दिन अघिदेखि भवन निर्माणको काम हुन थालेकोमा संघले आपत्ति जनाएको हो ।

संघको जग्गामा तुलसीपुर-५ का ललितनारायण श्रेष्ठले गर्न थाल्नुभएको हो तर त्यो जमिन संघको भएको दावि गरिएको छ । संघको जमिन व्यक्तिले कब्जा गरी भवन निर्माण थालेको हुँदा तत्काल रोक्दिन भन्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, तुलसीपुर- ५ को वडा कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको संघका दाङ जिल्ला सचिव बमबहादुर बिकले जानकारी दिनुभयो ।

त्यो स्थान २०५३ सालसम्म कसैले भोगचलन नगरेको खाली ऐलानी जमिन थियो । त्यसपछि तेक्वान्दो संघले संघको भवन निर्माण गर्ने उद्देश्यका साथ त्यस ठाउँमा बोर्ड स्थापना गरेको दाङ जिल्ला तेक्वान्दो संघका पूर्वअध्यक्ष सुमन घलेले जानकारी दिनुभयो ।

जमिन कब्जा भएको भन्दै दाङ जिल्ला तेक्वान्दो संघले मौखिक रुपमा जानकारी गराएको हुँदा विधिवत प्रक्रिया थाल्न सुझाव दिएको तेक्वान्दो संघ लुम्बिनी प्रदेशका महासचिव विनिल केसीले जानकारी दिनुभयो । संघका जिल्ला अध्यक्ष विष्णु अधिकारीले तेक्वान्दो संघको उक्त जमिन कुनै पनि हालतमा व्यक्तिको कब्जामा जान नदिने दाबी गर्नुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार