सल्यान,२९ चैत ।
सल्यानकाे मुलपानीमा वनस्पति दिवस मनाइएकाे छ ।“स्थानीय समुन्नतिमा स्व-स्थानीय वनस्पति” भन्ने मुल नाराका साथ वनस्पति विभागको ६४ औं बार्षिकोत्सव तथा २५ औं वनस्पति दिवस सल्यानको मूलपानीमा मनाइएको छ ।
वनस्पति अनुसन्धान केन्द्र,मुलपानी सल्यानका नि.प्रमुख पवन उपाध्याय अध्प्रयक्षता तथा कपुरकाेट गाँउपालिकाका अध्यक्ष दुर्बगा बहादुर पुनकाे प्रमुख आतिथ्यतामा टिमुरको विरुवामा जल सेचन गरेर कार्यक्रमको उद्घाटन गरिएकाे हाे ।
दिवसका अवसरमा कपुरकाेट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भरारी,साहित्यकार भद्रसिंह बुढा, कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकियि अधिकृत भरत कुमार वली लगाएतकाे विशेष उपस्थिति रहेकाे थियो ।
कार्यक्रममा कर्मचारी राम बहादुर वली,मरिचमान घर्ती,धन बहादुर थापा लाई दोसल्ला ओढाई नगद सहित सम्मान गरिएकाे थियाे भने रिसर्च इन्र्टन गर्नुभएका विकास लम्साललाई इन्र्टन सर्टिफीकेट प्रदान गरिएको थियो ।
यसै बिच कार्यक्रममा पालिका स्तरीय टिमुर कप ब्याटमिन्टन प्रतियोगिता (२०८० चैत २३ देखि २८ सम्म) का विजेताहरुलाई सम्मान गरिएकाे छ ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नवराज जैसी र खगेश्वर थापा,द्धितिय स्थान प्राप्त गर्ने सुवास हमाल र भुवन डागिं,तृतिय स्थान प्राप्त गर्ने जीवन भण्डारी र नवराज डांगिकाे समुहलाई प्रमाण पत्र तथा नगदरकमबाट सम्मानित गरिएको हाे ।
कार्यक्रममा संविधानविद विपिन अधिकारी,निति प्रतिष्ठानका निर्देशक आलोक प्रोखेलको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यकार भद्रसिंह बुढा,कालिका माविका प्र.अ.चुडामणि केसि,स्थानीय वन महासंघ कपुरकोटका अध्यक्ष खड्ग केसी लगायतका वक्ताले स्थानीय स्तरमा पाइने जडिबुटिको संरक्षण नगरे भविष्यमा पछुताउनुपर्ने बताएका हुन् ।
कर्मचारी दामोदर दहालकाे स्वागत मन्तव्यबाट शुरू भएकाेकार्यक्रमकाे सहजिकरण कपुरकोट गाउँपालिका शिक्षा शाखाका प्रास रमेश कुमार आचार्यले गर्नुभएको थियो ।