२०८१ जेष्ठ ३१ गते बिहिवार

सदस्यता नविकरणमा नेका दंगिसरण जिल्लाकै उत्कृष्ट



दाङ,२९ चैत ।

नेपाली काँग्रेसको कृयासिल सदस्यता नविकरणमा दंगिसरण गाउँपालिका कार्यसमिति दाङ जिल्लामै उत्कृष्ट भएको छ ।
नेपाली काँग्रेस दंगिसरण गाउँपालिका कार्यसमितिले एक हजार ४७ मध्य आठ सय २५ कृयासिल सदस्यता नविकरण गर्दै जिल्लामा उत्कृष्ट भएको हो । दंगिसरणले प्रतिसतका आधारमा सबै भन्दा बढी ८०.७० प्रतिसत अंक ल्याएको काँग्रेस दाङको दोश्रो जिल्ला सम्मेलनमा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सदस्यता नविकरणका बारेमा पछिल्लो समयमा नैरास्यता आएको भनिएता पनि दंगिसरणले त्यस्लाई चिरेको दाङ काँग्रेसको दावि छ । त्यसैगरी नेका बबई गाउँपालिका ७८.६९ प्रतिसत कृयासित सदस्यता नविकरण सहित दोश्रो भएको छ भने नेका घोराही उप-महानगरपालिका ७६.९३ प्रतिसत कृयासिल सदस्यता नविकरण गर्दै तेस्रो भएको छ ।

जिल्लामा सबै भन्दा कम सदस्या नविकरण गढवा गाउपालिकाले गरेको छ । नेका गढवा गाउँकार्यपालिकाले जम्मा ३३.८३ प्रतिसत मात्रै कृयासित सदस्यता नविकरण गरेको छ ।

दंगिसरणमा २ नम्वर वडा कार्यसमिति उत्कृष्ट
कृयासिल सदस्यता नविकरणमा दंगिसरण गाउँपालिकामा २ नम्बर वडा कार्य समिति उत्कृष्ट भएको छ । नेपाली काँग्रेस दंगिसरण गाउँपालिकामा रहेका ७ वटा वडा कार्य समिति मध्य २ नम्वर वडा कार्य समितिले एक सय ४० वटा कृयासिल सदस्यता नविकरण गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार