२०८१ माघ १२ गते शनिवार

मेयर खड्काद्वारा रुपान्तरण अभियानको शुभारम्भ



तुलसीपुर,१ वैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले रूपान्तरण अभियान दाङको सुभारम्भ गर्नभएकाे छ।
अभियानको सुभारम्भ गर्दै मेयर खड्काले रुपान्तरणको सुरुवात घरबाट गर्नुपर्ने र समाज रुपान्तरण गर्दा चेतनाको विकास अनिवार्य भएको बताउनुभयाे ।

अभियानले समाजमा भएका नकारात्मक कुरालाई कसरी सकारात्मक रुप दिने भन्ने बिषयमा केन्द्रित हुनुपर्ने खड्काको भनाई छ ।

कार्यक्रममा तुलसीपुर १६ का वडा अध्यक्ष शिवानन्द डाँगी,ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख नवचन्द्र मल्ल लगाएतले आफ्नो धारणा राख्दै अभियानको सफलता शुभकामना दिनुभयाे ।
रुपान्तरण अभियान दाङका संयोजक गिरीराज नेपालीको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण अभियानका महासचिव कपिल लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार