२०८१ माघ ६ गते आइतवार

आगो नियन्त्रणका लागि घाेराहीमा प्रोटेवल फायर पम्पको परिक्षण 



आगो नियन्त्रणका लागि घाेराहीमा प्रोटेवल फायर पम्पको परिक्षण

दाङ,६ वैशाख ।

आगो नियन्त्रणका लागि प्रोटेवल फायर पम्पको दाङकाे घाेराही उपमहानगरपालिकामा परिक्षण गरिएकाे छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार काठमाडौले घोराही उपमहानगरपालिकालाई प्रोटेवल फायर पम्प प्रदान गरेको छ ।

दमकल जान नसक्ने साँघराु गल्ली तथा गाउँबस्तीहरुमा पनि गाडीमा बोकेर सहजै लग्न सकिने उक्त प्रोटेवल फायर पम्प प्राधिकरणले घोराही उपमहानगरपालिकालाई प्रदान गरेको हो। आगलागीको उच्च जोखिमलाई मध्यनजर गर्दै दमकलले गर्ने काम गर्ने उक्त उपकरण प्रदान गरिएको प्राधिकरणका शाखा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । नगर प्रमुख नरुलाल चौधरीले उक्त फायर पम्पलाई तयारी अबस्थामा विपद व्यवस्थापन शाखा र दमकल शाखाका कर्मचारीहरुको निगरानीमा राखेर आगलागी नियन्त्रणमा प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ ।

उक्त पम्प व्यक्तिले बोकेर समेत आगलागी नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । कुवा, खोला तथा ट्यांकीमा जम्मा भएको पानीको प्रयोग गरेर आगो नियन्त्रण गर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार