२०८१ माघ ६ गते आइतवार

दाङमा आगोमा परेर एक वृद्धाको मृत्यु



दाङ, ७ बैशाख ।
दाङमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर लमही नगरपालिका -९ तरूलियाका ८७ वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको हो ।

बिहिबार बेलुका ५ बजेतिर उहाँको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । बालबालिकाले लाइटर खेलाउने क्रममा खरको छानोको गोठमा आगो सल्किएको हो । गोठमा आगो लागेपछि वीरबहादुर पैसाको बाकस बाहिर निकालेर फेरि अन्य सामग्री निकाल्न गोठभित्र जानुभएको थियो ।

तर दोस्रो पटक भित्र पसेका बीरबहादुर बाहिर निस्कन पाउनुभएन । उहाँ निसासिएर लडेपछि जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताउनुभयो ।

आगलागीबाट स्थानीय जितबहादुर बोटेको घर सहित दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकलले राति साढे ११ बजे तिर आगो नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार