२०८१ माघ ६ गते आइतवार

लायन्स क्लब अफ तुलसीपुर इशानकाे नयाँ कार्यसमिति सर्वसम्मत चयन



तुलसीपुर,१३ वैशाख ।

लायन्स क्लब अफ तुलसीपुर इशानकाे नयाँ कार्यसमित चयन भएकाे छ । वैशाख १२ र १३ गते दुई दिनसम्म आयाेजना भएर दाङकाे तुलसीपुरमा आज (विहिवार) सम्पन्न भएकाे भेलाले  लायन वर्ष सन २०२४/२५ का लागि  रमेश रेग्मीकाे अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे निर्वाचन समिति सदस्य ऋषिराज भण्डारीले जानकारी दिनुभयाे ।

समितिकाे प्रथम उपाध्यक्षमा सुनिल खनाल,द्वितीय उपाध्यक्षमा दिपक केसी,उपाध्यक्षहरूमा केशवराज न्याैपाने,कर्ण बहादुर पुन र शरद शर्मा चयन हुनुभएकाे छ ।
यस्तै समितिकाे सचिवमा विक्रमबाबु केसी, काेषाध्यक्षमा कैलाशबावु केसी,एलसिएफआई काेर्डिनेटरमा लक्ष्मण खरेल,सर्भिस चेयरपर्सन विष्णुप्रसाद न्याैपाने,मार्केटिङ चेयरपर्सन धिरज बस्नेत,मेम्वरसिप चेयरपर्सन किशाेर अर्याल,सह-सचिवमा हिमालवावु केसी, र सह काेषाध्यक्षमा पुष्कर भुषाल चयन हुनुभएकाे हाे।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार