२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुर उपमहानगरकाे सार्वजनिक सुनुवाई : भाैतिक विकास संगै मानविय विकास हुन नसकेकाे निष्कर्ष 



दाङ,१३ वैशाख ।

तुलसीपुर-६ का राम बहादुर जिसीले घरछेउकाे बाटाेमा धुलाे उडेर बस्न नसकिने अवस्था रहेकाे बताउनुभयाे । विहिवार तुलसीपुर उपमहानगरपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रममा जिसीले दुखेसाे पाेख्दै हुनुहुन्थ्यो ।

उहाँ जस्तै सडक स्तराेन्नति नहुँदा हैरानी खेपिरहेका शिव श्रेष्ठलेपनि तुलसीपुरकाे ´ख´ लाईन हुँदै डुम्री गाउँ समम पुग्ने बाटाे स्तराेन्तिका लागि उपमहानगरपालिकाले पहल नगरेकाे गुनासाे गर्नुभयो ।

सड्क स्तराेन्तिका लागि पहल गरे सडककाे नाम टिकाराम मार्ग राखाैला भनेपछि हलमा सहभागीविच एकछिन हाँसाे उठ्यो । स्थानीय नागरिककाे समस्या समाधानका लागि गम्भीर बन्न उहाँले आग्रह गर्नुभयाे।

जेष्ठ नागरिक सञ्जाल तुलसीपुरका अध्यक्ष पुर्ण बहादुर खड्काले ज्येष्ठ नागरीककाे तथ्यांक एकिन नहुँदा सेवा प्रवाहमा समस्या भएकाे बताउनुभयाे। उहाँले जेष्ठ नागरिकको   अभिलेख राख्नुपर्ने, १९ वटै वडामा जेष्ठ नागरिक  दिवा सेवा केन्द्र स्थापना हुनुपर्ने तथा नगरमा भवन निर्माणका लागि सहजिकरण तथा वजेटकाे समेत व्यवस्थापन गर्न माग गर्नुभयाे ।

पालिकामा सेवा लिन अपाङ्गता भएका नागरिकका लागि अपाङ्गमैत्रि भवन नहुँदा सेवा प्रवाहमा समस्या भएकाे देवा डाँगीले बताउनुभयाे । यसलाई सुधार्नुपर्ने  उहाँकाे सुझाव छ।

मधुकर न्याैपानेले तुलसीपुरका ४ वटा क्रसर अवैध छन् भन्ने गुनासाे छ । कहिले बन्द हुन्छन्  कहिले खुल्छन्  यसमा सरकारकै मिलेमताे त छैन भनेर प्रश्न गर्नुभयाे ।

 तुलसिपुर- ९ का रूपकलि कँडेलले किसानका समस्या समाधान गर्न स्थानीय सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे।किसान र खेतीयोग्य जमिनकाे तथ्यांक संकलन गरेर समयमै किसानले रासायनिक मल पाउने बातावरण तयार गराउनुपर्ने सुझाव दिनुभयाे ।

 उमेश डाँगीले तुलसीपुर उपमहानगरपालिका युवामैत्रि नगर बन्न नसकेकाे बताउनुभयाे। देशमा राेजगारीकाे सम्भावना नदेखेपछि युवाहरू विदेशिनु रहर नभई बाध्यता रहेकाे उहाँले बताउनुभयाे । युवालाई स्वदेशमै राेजगारीकाे सृजना गर्न उपमहानगरले विशेष याेजना बनाउनुपर्ने उहाँकाे सुझाव थियाे।

 सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले सडकको पूर्वाधारदेखि फोहोर व्यवस्थापनको विषय उठान गरेका छन् ।

सहभागीहरुले फोहोर व्यवस्थापन हुन नसकेको, सडक बत्ति नबलेको, सडक पूर्वाधार निर्माण अलपत्र रहेको लगायतका गुनासो गरेका छन् । सहभागीले  भाैतिक विकास संगै मानविय विकास हुन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत बावुराम न्यौपानेले आर्थिक वर्ष २०८०/२०८१ प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

नगरप्रमुख टिकाराम खड्काले आर्थिक व्यवस्थापन भएसम्म विकास निर्माणका काम भइरहेको बताउनुभयो । उहाँले तुलसीपुरलाई आर्थिक, सामाजिकरुपमा समृद्ध बनाउनका लागि नागरिकको खबरदारी आवश्यक रहेको बताउनुभयो । याेजना अनुसार राजश्व संकलन नहुँदा पर्याप्त काम हुन नसकेकाे बताउनुभयाे।

उपप्रमुख स्यानी चौधरीले पनि निर्वाचित भएर आएदेखि निरन्तर काम गर्न खोजेपनि विभिन्न कारणले नागरिकका अपेक्षा पुरा हुन नसकेको बताउनुभयो । टरिगाँउमा ७२ सिटे जहाज उडाउने सपना अधुरै रहेकाले सहयाेग गर्न सवै नगरवासीमा आग्रह गर्नुभयाे ।

प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरलाई सफा र सुन्दर बनाउन पालिकासंगै नागरिकको दायित्व रहेको बताउनुभयो । समाजका लागि संचार पैरवी नेपाल दाङको सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार