रुकुमपुर्व,१६ वैशाख ।
रुकुमपुर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ को अङनु र काँडा भन्ने ठाँउमा अवैध रुपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । प्रहरी चौकी जाङका इन्चार्ज बालाराम नेपालीको नेतृत्वमा प्रहरीले त्यहाँ साढे दुई रोपनी जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको हो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागूऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत सो परिमाणमा अफिम खेती नष्ट गरेको बताइएको छ । भौगोलिक विकटता र यातायात असुविधाका कारण प्रहरी प्रशासनको पहुँच हुन नसक्ने भएकाले सो खेती त्यस क्षेत्रमा हुने गरेको छ ।
प्रहरीले प्रत्येक वर्ष सो खेती नष्ट गर्ने अभियान चलाए पनि अफिम खेती बन्द नभएको स्थानीयहरुको भनाइ छ । यता प्रहरी चौकी जाङका इन्चार्ज बालाराम नेपालीले सो क्षेत्रमा वर्षाैंदेखि हुँदै आएको अफिम खेती अभियान चलाएर नष्ट पार्ने बताउनुभयो ।