तुलसीपुर,१६ वैशाख ।
चाँदनी बुढाको घर रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका-५ मा पर्छ । केचप(टमाटरबाट बनेको सस) जाम,कुकिज,खुवा,कोदोमम,ससेज पुष्टकारी बनाएर खाद्य स्वच्छताको विषयमा आइतवार मेट्रो कलेजमा आयोजना गरिएको फुड फेष्टीवलमा सहभागीहरुलाई अनुभव बताइरहेकि थिइन । बनाउने तरिका,कच्चा पदार्थ एवम् खानाको गुणस्तरका वारेमा समेत जानकारी गराइरहेकी थिइन् ।
सानैदेखि अध्ययनशिल स्वभावकी उनि पढेर नेपालमै राष्ट्रसेवक कर्मचारीमा नाम दर्ज गराउने ध्याउन्नमा छिन् । दाङको तुलसीपुर-१२ हरिपौरीमा रहेको तुलसीपुर वहुप्राविधिक शिक्षालय(मेट्रो कलेज) मा फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रममा पाँचौ सेमेष्टर अध्ययन गरीरहेकी उनि पढाई सकिए लगतै आयोगको तयारी गर्ने योजनामा छिन् । फुड एण्ड डेरी टेक्नोलोजी अध्ययन गर्ने विद्यार्थीको संङ्ख्या नेपालमा धेरै भएपनि सो विषयमा दक्ष जनशक्तीको भने अभाव छ । देशमा पर्याप्त सम्भावना भएरपनि सिकेको सिपलाई विदेशी बजारमा बेच्न साथीभाई जहाज चढ्ने तयारी गरीरहदा चाँदनी भने लोकसेवा आयोगको तयारी गरेर निजामती सेवाको भर्याङ चढ्ने योजनामा छिन् ।
चाँदनी जस्तै हेटौडाका अन्चित शाहको पनि खाद्य निरिक्षक बन्ने सपना छ । तेस्रो सेमेष्टरमा अध्ययनरत उनि साथीहरुसंग मिलेर,रसबरी,जाम,अचार र पुष्टकारी तयार गरेका छन् । पढाइ संगसंगै आयआर्जनमा जोडिन थालेका उनिहरु उत्पादन गरेका खाद्य सामाग्रिको गुणस्तर र बजारका वारेमा समेत मसिनो रुपमा अध्ययन गरिरहेको बताउछन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ वेलुवाका मिरा पुनपनि अहिले पाँचौ सेमेष्टरमा अध्ययन गरीरहेकी छन् । छैठौँ सेमेष्टर पछि तुलसीपुरमै व्यापार गर्ने उनको योजना छ । उनको व्यवसायीक योजनलाई विभिन्न समयमा कलेजमा आयोजना हुने यस्तै व्यवहारीक कार्यक्रहरुले थप उत्साह जगाएको छ ।
बजारमा पाउने धेरैजसो खाद्य पदार्थहरुको बारेमा उत्पादन तथा गुणस्तर,प्रयोगविधिउपभोक्ताले जानकारी पाउन नसकेका वेला विद्यार्थीहरुले थालेको प्रयासले सार्थकता पाएको खाद्य निरिक्षक जुनु भटराईले जानकारी दिनुभयो ।
मानव स्वास्थ्यको सवैभन्दा ठुलो रोग खाद्य बस्तु भएकाले खाने कुरा स्वच्छ हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्यार्थीहरुले खाद्य सामाग्रीको प्रयोग गरेर स्वादिष्ट परिकार बनाउन सफल भएको उहाँले बताउनुभयो ।
स्थानीय कच्चा पदार्थ संगै अन्य खाद्य पदार्थकोे प्रयोग गरेर कोदोको मम,ससेज,कुकिज,केचप,जाम,गुदपाक,पुष्टकारी लगाएतका परिकार बनाएका थिए ।
पढ्दै कमाउदै कार्यक्रम अवलम्बन गरेको कलेजले उत्पादन गरेका जनशक्ती देशका विभिन्न स्थापीत उद्योगहरुमा काम गरीरहेको कलेज प्रमुख बसन्त आचार्यले बताउनुभयो ।
देशमा दक्ष जनशक्ती अभाव भैरहेका वेला मेट्रो कलेजमा अध्ययन गरीरहेका र अध्ययन पुरा गरेका विद्यार्थीहरु भने स्वेदेशमै आत्मनिर्भर भएको सुनाउन पाउदा गौरव महशुस हुने गरेको प्रमुख आचार्यले बताउनुभयो ।
आइतवार कलेजले खाद्य स्वच्छता र हाम्रो दायित्व विषयक अन्तरक्रिया तथा फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेको छ । कलेज प्रमुख बसन्त आचार्यको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
नेपालभरका द्धार कलेजमा अध्यापन हुँदै आएको फुड एन्ड डेरी टेक्नोलोजी पढाइ हुने कलेज मध्य दाङमा मेट्रो कलेजले सञ्चालन गरिरहेको कलेजका सल्लाहकार तथा निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
मानव स्वास्थ्यका लागि खाना नै औसधि भएकाले खाना स्वच्छ हुनुपर्ने उहाँले बताउनुभयो । खानाको तयारी,भण्डारण र प्रयोग संगै रैथाने खानालाई कसरी व्यावसायिक बनाउन योजना बनाउनुपर्ने सुझाव समेत दिनुभयो ।
खानाको गुणस्तर संगै वजार प्रबर्द्धनमा ध्यान दिनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो।
विद्यार्थीलाई पढिसकेपछि व्यवसायिक बन्न उपमहानगरले उत्प्रेरित गर्ने गरेको उहाँले बताउनुभयो ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर खाद्य निरिक्षक राजेश चौधरीले खाद्य स्वास्थ संग जोडिएको महत्वपूर्ण विषय रहेको बताउनुभएको थियो ।
गुणस्तरहिन र दुषित खाद्यवस्तुको प्रयोगले स्वास्थ्य र अर्थमा समेत समस्या बढ्दो क्रममा रहेकालेसबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रमको सहजिकरण खाद्य प्रशिक्षक रक्षा पौडेलले गर्नुभएको हो ।