![](https://etulsipur.com/wp-content/uploads/2024/04/received_3291766971128204.jpeg)
दाङ, १७ बैशाख ।
रोजगारीको शिलशिलामा दुवई पुगेकी दाङ तुलसीपुरकी ३६ वर्षिया लिला पाण्डे करिब दुई हप्तादेखि सम्पर्कबिहिन हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके निवासी पाण्डे गत बैशाख ४ गते मंगलबार राती दुवईको साजा भन्ने ठाउँबाट सम्पर्कबिहिन हुनुभएको हो ।
दुवईमा आएको भारी वर्षाका कारण जाम परेकी पाण्डे सम्पर्कबिहिन भएपछि परिवारले खोजिका लागि पहल गरिदिन सबैमा आग्रह गरेको छ । उहाँलाई देख्नुहुने महानुभावले ९८५६०३८३९१ सम्पर्क गरिदिन उहाँका भतिज प्रकाश पाण्डेले आग्रह गर्नुभयो ।
लिला साढे दुई वर्षअघि रोजगारीका लागि दुवई पुग्नुभएको हो । ५ वर्षअघि श्रीमानको निधन भएपछि आर्थिक समस्यामा परेकी उहाँ दुई छोरीलाई आफन्तकोमा छोडेर साढे दुई वर्षअघि दुवईमा रोजगारीका लागि जानुभएको थियो । तर करिब दुई हप्तादेखि सम्पर्कबिहिन भएपछि परिवारले खोजिमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।