तुलसीपुर, १७ बैशाख ।
तुलसीपुर-१२ ले बाख्रा पाल्ने अति विपन्न एकल महिला किसानलाई बाख्रा वितरण गरेको छ । वडाले सोमबार १० जना महिला किसानलाई बाख्रा वितरण गरेको हो ।
वडाका बुधनी चौधरी, लक्ष्मी घर्ती, सरस्वती अधिकारी ,शान्ता नेपाली, माया चौधरी, मैती बिक, कमला गिरी, टोटा चौधरी, मिना चौधरी र नपन्या चौधरीलाई वडाले एक/एक वटा बाख्रा बितरण गरेको हो ।
त्यस अवसरमा वडा अध्यक्ष खुशीराम चौधरीले अतिविपन्न एकल महिलालाई आयआर्जनमा सहजताका लागि बाख्रा वितरण गरिएको बताउनुभयो । उहाँले वडामार्फत वितरण भएका बाख्राबाट किसानले लाभ लिने बताउनुभयो ।
बाख्रापालनबाटै धेरै महिलाले दैनिक जीवनयापन गरिरहेको बताउँदै अध्यक्ष चौधरीले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रम ल्याउने बताउनुभयो ।
उहाँले यसपछि पनि हिंसापिडित महिलालाई एक वर्षसम्म चलाउन पाउने गरी प्रतिमहिला २० हजारका दरले पाँच जना महिलालाई बिउँ पुँजी शिर्षकमा रकम वितरण गरिने बताउनुभयो ।
वडा सदस्य कमला घर्तीमगरको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश आचार्यले गर्नुभएको हो ।