२०८१ माघ ६ गते आइतवार

तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत बनाउन नगर प्रमुख खड्काको आग्रह



तुलसीपुर,२१ बैशाख।

तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत बनाउने कसरत थाल्नुुभएकाे छ ।

नगर प्रमुख खड्काले तुलसीपुरका तीन ठुला दल एमाले,काँग्रेस र माओवादीका प्रतिनिधि सँग सामूहिक छलफल गर्नुभएकाे हाे ।

छलफलका क्रममा मेयर खड्काले उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो नभई साझा संस्था भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयाे।

उद्योग वाणिज्य संघले सबै दलमा आस्था राख्ने व्यवसायीको हितमा काम गर्नुपर्ने भन्दै नेतृत्व छनोट पनि सोहि अनुरूप भए उपयुत्त हुने बताउनुभयाे ।

छलफलमा एमाले दाङका उद्योग वाणिज्य बिभाग प्रमुख रामप्रसाद चालिसे,काँग्रेसका महाधिवेशन प्रतिनिधि केशव आचार्य र माओवादीका यज्ञ केसी सहभागी हुनुभएकाे थियाे।

उहाँहरूले आफूहरू पनि पार्टीको अस्तित्व रहनेगरी सर्वसम्मत नेतृत्व चयनका पक्षमा रहेको बताउनुभएकाे छ । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन बैशाख २९ गते हुँदै छ ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार