तुलसीपुर, २३ बैसाख ।
तुलसीपुर उद्योग वाणिज्यसंघको नयां नेतृत्वका लागि आगामि २९ गते हुने निर्वाचनका लागि नेपाली कांंग्रेसले उम्मेदवारी टुंग्याएको छ ।
उम्मेदवार छनौट गर्न बनेको कार्यदलको करिव ५ दिनको निरन्तर प्रयासपछि आज (आइतवार) अपराहन्न सर्वसम्मत रुपमा उम्मेदवार टुंग्याएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
चुनावमा काङ्ग्रेसबाट अध्यक्षमा बर्तमान उपाध्यक्ष ललितजङ शाह सहितका पदाधिकारीले आकाङ्क्षा देखाएपछि उम्मेदवार टुङ्गाे लाग्न सकेकाे थिएन्।
उम्मेदवार छनाेटका लागि कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतवहादुर खड्काको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलमा प्रदेश सभापति द्धय खिम वहादुर वली र देवेन्द्र रिजाल,नगर सभापति शुरेश हमाल तथा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका तर्फबाट जिल्ला प्रतिनिधिका रुपमा सहसचिव राजु आचार्य रहनुभएकाे थियाे ।
कार्यदलको बैठकपछि कार्यदल संयोजक तथा नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काद्धारा जारी विज्ञप्तीमा तुलसीपुर उद्योग वाणिज्य संघको आगामि निर्वाचनमा हालका महासचिव विनिल केसीलाइ अध्यक्षको उम्मेदवार छनौट गरिएको छ। त्यसैगरी वाणिज्य उपाध्यक्षमा देव वहादुर केसी, उद्योग उपाध्यक्षमा खुसलराम शर्मा र खुल्ला उपाध्यक्षमा नविन राइलाइ छनौट गरिएको छ ।
त्यसैगरी महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा विमल गौतम, सह-कोषाध्यक्षमा जनक वहादुर रावत, छनौट हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा सन्दिपन रिजाल, दिपेश भण्डारी, निर्मल पौडेल, वालकृष्ण डांगी, पुस्कर सुनार, कमल डांगी, तिर्थ डांगी तथा महिला सदस्य तर्फ निलम बस्नेत र नारायणि कुमारी वलिलाइ छनौट गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच निर्वाचन कार्यतालिका अनुसार सोमवार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिनुभयाे । त्यसैगरी नयाँ नेतृत्वकालागि आगामि २९ गते विहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत वहादुर खड्काले कांग्रेसले छनौट गरेका आधिकारीक उम्मेदवारलाइ मतदान गर्न आम प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुलाइ आग्रह गर्नुभएकाे छ।
उम्मेदवारी मनोनयनकै पुर्वसन्ध्यामा तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरुले भने नयां नेतृत्वकालागी सर्वसम्मतको प्रयास पनि जारी राखेका छन् ।
तर काङ्ग्रेसबाटै असन्तुष्ट पक्षधर समुहले वागी उम्मेदवार उठाउने तयारी गरेका छन् । नेकपा एमालेले भने यस अघिनै संघका वहालवाला अध्यक्ष राम प्रसाद चालिसेलाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने टुङ्गो लगाईसकेकाे छ । यस्तै नेकपा माओवादीले संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीकाे नेतृत्वमा समाजवादी माेर्चा वनाएर सहभागी हुने निर्णय गरेकाे छ ।