२०८२ जेष्ठ ४ गते आइतवार

दाङमा स्कुल बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाइते



दाङ, २४ बैशाख ।
पश्चिम दाङमा स्कुल बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाइते भएका छन् । दुर्घटनामा परी दाङको शान्तिनगर गाउँपालिका-२ का २३ वर्षिय विवेक रावत र मोटरसाईकलमा पछाडि सवार सोहि ठाउँका २८ वर्षिय भरत रावत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते विवेकको टाउको र दुबै खुट्टामा चोट लागेको छ भने उहाँको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै भरतको दुबै खुट्टामा चोट लागेको र अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

पन्चकुलेबाट हापुरेतर्फ जाँदै गरेको रा १ क १६३१ नं.को पिपुलेन्स सेकेण्डरी बोर्डिङ स्कुलको बसले हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३ नम्बरको मोटरसाईकललाई आज बेलुका ७ बजेतिर बबई गाउपालिका-५ हापुरे सामुदायिक बनको भवन नजिकैमा ठक्कर दिएको हो ।

घटनापछि बस चालक दाङको बबई गाउपालिका-५ पुर्ब हापुरेका ४० वर्षिय नारायण हमाललाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार