२०८१ माघ ६ गते आइतवार

महताराको यात्रा : सामाज सेवादेखि व्यावसायिक नेतृत्व सम्म



तुलसीपुर, २७ बैशाख ।
सल्यानमा जन्मनुभएका टोप बहादुर महतारा सानैदेखि मेहनती हुनुहुन्थ्यो । लामो समयसम्म भारतमा बसेर महतारा मजदुरी गर्नुभयो । भारतको लामो बसाईपछि उहाँ नेपालमै केही गर्छु भनेर फर्किनुभयो ।

नेपाल फर्किएपछि विरगञ्जमा हुलास कम्पनिमा काम समेत गर्नुभयो । त्यसपछि उहाँले तुलसीपुर- ५ मा सागर बडी मर्मत सेन्टर सञ्चालन गर्नुभयो । महताराले २०५६ साल देखि सागर बडी मर्मत सेन्टर सञ्चालन गर्नुभएकाे हाे । उहाँले आफैले मर्मत सेन्टर सुरु गरेपछि दुई जनालाई रोजगारी पनि दिदै आउनुभएकाे छ।

त्यस संगसंगै महताराले राप्ती अञ्चल अटो इन्जीनिरिङ एशोसियसनको २०५६ देखि २०६४ साल सम्म तिन कार्यकाल सदस्य रहेर काम गर्नुभयो । तिन कार्यकालसम्म सदस्य रहेर काम गर्नुभएका महताराले २०६६ देखि २०६८ सम्म सचिव पदमा रहेर काम गर्नुभएको थियो ।

पहिले राप्ती अञ्चल अटो इन्जीनियरिङ एशोसियसनको सदस्यबाट सुरुवात गर्नुभएका महताराले २०७४ मा वरिष्ठ उपाध्यक्ष बन्नुभयो । लामो संघर्ष पछि उहाँ वरिष्ठ उपाध्यक्ष रहेर २०७६ सम्म काम गर्नुभएको थियो ।

उहाँको जीवन अहिले व्यवसाय र सामाजिक काममा व्यतित छ । सानैदेखि सहयोगि भावना भएका महतारा व्यावसायी यात्रा संगै समाजमा पनि परिचित हुनुहुन्छ । यहि बैशाख २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ललितजंग शाहको प्यानलमा महताराको पनि सदस्य पदमा उमेदवारी रहेको छ ।

विभिन्न आर्थिक अभावका बाबजुत पनि व्यवसाय सञ्चालन गरेको उहाँको अनुभव छ । रत व्यवसायीको मनोभाव बुझ्नु भएको छ । महतारा संग २०७२ देखि २०७४ सम्म तुलसीपुर अटो भिलेज व्यवस्थापन समितिको अध्यक्ष भएर व्यवस्थापनको काम गरेको अनुभव छ ।

व्यवसाय संगसंगै महतारा सामाजिक काममा जोडिदै आउनुभएको छ । तुलसीपुर बजार व्यवस्थापनमा उहाँले सहयोग गर्नुभयो । उहाँले ग्रिन तुलसिपुर क्लिन तुलसीपुरमा सरसफाई अभियानको अभियान्ता भएर लामो समयसम्म काम गर्नुभयो । उहाँले तुलसीपुर उपहानगरपालिका वडा नंम्बर ४, ६ र १९ मा रहेका केही घरहरूमा जस्ता पाता सहयोग गर्नुभएको थियो । खरको छानो हटाउन स्थानिय पालिकाको जिम्मेवारी भएता पनि सामाजीक काममा लागेर व्यक्तिगत सहयोग गर्नुभएको थियो ।

तिन वटा वडामा खरको छानो हटाएर जस्ता पाता लगाउनमा सहयोग गर्नुभयो । त्यति मात्रै नभएर उहाँले महिलाहरुलाई आत्मतिर्भर बनाउन भैसीं पालन, बाख्रा पालन र कृषी तालिम दिन सहयोग गर्नुभयो । महिलाहरु पनि सिप सिके केही गर्न सक्छन् भन्ने उद्देश्य राखेर उहाँले विभिन्न समयमा तालिम सहजिकरणको लागि सहयोग गर्नुभएको थियो ।

महताराले तुलसीपुर कारागारमा रहेका कैदिबन्दीहरुलाई सिपमूलक तालिम प्रदानमा समेत सहयोग गर्नुभएको थियो । उहाँले विभिन्न समयमा बालबालिकाहरुलाई सहयोग पनि गदै आउनुभएको छ । पिडित बालबालिकाहरुलाई शिक्षा तथा स्वास्थ्यमा सहजिकरण गर्नुभएको छ ।

तुलसीपुर- ९ दोघरेमा रहेको उद्योग वाणिज्य संघको सभाहल निर्माणको लागि ५५ हजार सहयोग गर्नुभएको थियो । तुलसीपुरमा रहेको मानव सेवा आश्रममा २५ हजार सहयोग गर्नुका साथै विभिन्न सामाजिक काममा सम्लग्न हुनुभएको छ ।

उहाँको जीवन अरु मानिसको भन्दा फरक छ । सानै देखि आफैले नै परिश्रम गर्ने उहाँको बानि थियो । अरुको आशा नगरी आफैले केही गर्नुपर्छ भन्ने अठोट महतारामा छ । त्यही अठोटका साथ महताराले आफ्नो जीवन नै परिवर्तन गर्नुभयो ।

परिश्रम अनुसारको फल रामै हुन्छ भन्ने कुरा महताराले राम्रो गरी बुझ्नुभएको छ । ताकि उहाँको जीवनमा पनि परिश्रम अनुसारको प्रतिफल पनि प्राप्त भएको छ । पहिले अरुको काम गदै आएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरा निवासी महतरा अहिले आफ्नै काममा व्यस्त हुनुहुन्छ । तुलसीपुर उद्योग वाण्निज्य संघको निर्वाचनका लागि ललितजंग शाह प्यानलबाट सदस्य पदमा उमेदवारी दिनुभएका महताराले आफूलाई निर्वाचनमा भोट दिएर जिताउन अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार