२०८१ माघ ६ गते आइतवार

तुलसीपुर उद्योग वाणिज्य संघमा उद्धमलाई जाेडेर काम गर्छाै : विनिल केसी



तुलसीपुर,२७ वैशाख ।

नेपाली काँग्रेसकाे तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघमा विनिल केसीको नेतृत्वमा निर्वाचनमा उमेदवार रहेकाे प्यानलले बिहीबार तुलसीपुरमा नेपाल प्रेस युनियन दाङले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा  चुनावि एजेन्डा सार्वजनिक गरेकाे छ ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खडकाको अध्यक्षतामा भएकाे कार्यक्रममा चुनावी एजेण्डाका विषयमा भएको साक्षात्कारमा अध्यक्षका पदका उमेद्धवार विनिल केसीले उद्योग वाणिज्य संघमा उद्धमलाई जाेडेर काम गर्ने गरि याेजना बनाएकाे बताउनुभयाे । व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान, व्यवसायीक स्थायीत्व, सुरक्षा, थप रोजगार सिर्जना र स्थानीय सरकारसंगको समन्वयमा स्थानीय विकासलाई प्राथमिकतामा लिएर जाने बताउनुभयाे । ४० वर्ष मुनिका सबै युवा उमेदवार रहेकाले आफ्नो प्यानललाई जिताउन समेत सम्पूर्ण मतदाताहरूलाई अपिल गर्नुभएकाे छ ।

स्थानीय सरकार, प्रदेश सरकारसंगको समन्वयमा स्थानीय व्यापार प्रवद्र्धन, बजारीकरण र यसक्षेत्रको विकासका लागि आफ्नो टिम कटिवद्ध भएर लाग्ने बताउनुभयाे । व्यवसायीहरुको प्रोत्साहन र सुरक्षा प्रमुख चूनौती रहेको भन्दै बजारक्षेत्रमा सुरक्षाको प्रत्याभूति हुने गरी आफ्नो नेतृत्वले काम गर्ने योजना बनाएको अध्यक्षका उमेद्धवार केसीले जानकारी गराउनुभयाे ।

प्रेस युनियन दाङका बरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराइले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण युनियनका पूर्व कोषाध्यक्ष शरद रेग्मीले गर्नु्भएकाे थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार