२०८१ चैत्र ३ गते आइतवार

दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ,२९ बैशाख ।
दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटो चालक तुलसीपुर-३ पैयाँखोरे निवासी जीवन घर्तीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार