२०८१ मङ्सिर २३ गते आइतवार

सल्यानको कपुरकोटमा ५४ लाखकाे लागतमा कोल्ड स्टोर स्थापना



सल्यान, १ जेठ ।
सल्यानको कपुरकोटमा कोल्ड स्टोर स्थापना भएको छ । बेमौसमी तरकारी खेतीलाई मध्ये नजर गरेर कपुरकोटमा कोल्ड स्टोर स्थापना गरिएको हो ।

नर्बेजियन दुताबासको आर्थिक सहयोगमा बैकल्पिक उर्जा प्रबर्धन केन्द्र ईसिमोडको साझेदारीमा सिप्रेड र कपुरकोट गाउँपालिकाको सहकार्यमा कोल्ड स्टोर स्थापना गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भरत कुमार वलिले जानकारी दिनुभयो ।

गाउपालिकाको ११ लाख र सहयोगी संस्थाको ४३ लाख गरी ५४ लाख लागतमा कोल्ड स्टोर निर्माण गरिएको प्रमुख प्रसाशकिय अधिकृत वलिले बताउनुभयो । कोल्ड स्टोर स्थापनाले कृषकलाई राहत हुने र यो परियोजना नेपालमा पाईलोट परियोजना रहेको नबिकरणिय उर्जा ब्यवस्थापन संयोजक ओम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसको ब्यबस्थापन नविकरणिय उर्जा ब्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाले गरेको छ ॥

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार