सल्यान, २ जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकामा शैक्षिक सत्र २०८० को बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ ।
पालिकाभित्र रहेका सामुदायिक बिद्यालय तथा संस्थागत विद्यालयले सञ्चालन गरेका वार्षिक गतिबिधिका बारेमा समिक्षा कार्यक्रम सुरु गरिएको हो ।
२ दिनसम्म सञ्चालन हुने कार्यक्रममा पालिकाका २४ वटा सामुदायिक बिद्यालय, ४ वटा संस्थागत बिद्यालयको वार्षिक गतिबिधि, विद्यालयले गरेका नया अभ्यास, सञ्चालनमा देखिएका चुनौती, शैक्षिक गुणस्तरको सभाबना, शैक्षिक कार्यायोजनालगायतका विषयमा विवरण प्रस्तुत गरिने शिक्षा शाखा प्रमुख सरस्वती भन्डारीले जानकारी दिनुभयो ।
समिक्षा कार्यक्रमकै अवसरमा बिद्यालयले गरेको प्रस्तुतीको आधारमा उत्कृष्ट बिद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ छनोट गरी सम्मान गरिने छ । यस्तै २०७९ को एस.इई र २०८० को पालिका स्तरीय कक्षा ५ र ८ को परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र÷छात्रा लाई नगद पुरस्कार सहित सम्मान गरिने छ भने ३० बर्षभन्दा बढी शिक्षण सेवा गर्नु भएका शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।