२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुरका चार विद्यालयका अध्यक्ष हटाइएको लिखित जानकारी गराउने शिक्षा समितिकाे निर्णय



तुलसीपुर,४ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिले चार विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई हटाइएको जानकारी गराउने निर्णय गरेको छ ।

बिहीवार बसेको बैठकले जनता मावि बिजौरीका अध्यक्ष हिमबहादुर डाँगी, महेन्द्र मावि तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण), मावि अश्वाराका अध्यक्ष किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई हटाइएको लिखित जानकारी विद्यालयलाई गराउने निर्णय गरेको हो ।

डाँगी, लहरे, शाह र खड्का अभिभावक नभएकाले हटाउन माग गर्दै अख्तियारमा उजुरी परेको थियो । खड्का वडा नम्बर १४ का वडाअध्यक्ष समेत हुनुहुन्छ ।

अख्तियारले छानबिन गरी तुलसीपुर उपमहानगरलाई हटाउन निर्देशन दिएको थियो । उपमहानगर भित्रका अन्य विद्यालयलाई पनि गैरअभिभावक अध्यक्ष भएको भए त्यसको जानकारी दिन पत्राचार गर्ने निर्णय गरेको उपमहानगर प्रमुख एवं शिक्षा समितिका संयोजक टिकाराम खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार