
दाङ, ६ जेठ ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पाँचौं बैठक आज बस्दैछ । सभामा सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने तयारी छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आज दिउँसो १ बजेबाट सुरु हुने बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।
यो विधेयकमा ९ वटा खण्ड छन् । यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार