२०८१ जेष्ठ ३१ गते बिहिवार

जसपा दाङका सहइन्चार्ज महताराद्वारा पार्टी छाेडेकाे घाेषणा



दाङ,६ जेठ ।

जनता समाजवादि पार्टी दाङका सहइन्चार्ज टाेप बहादुर महताराले पार्टी छाेडेकाे घाेषणा गर्नुभएकाे छ ।

सहइन्चार्जकाे पदिय जिम्मेवारीमा रहेका महताराले आज एक विज्ञप्ति जारी गर्दै  जसपामा भएकाे पटक-पटककाे  फुटकाे श्रङ्खलाले कार्यकर्तामा  विचलन भएकाे भन्दै साधारण सदस्य समेत नरहने गरि पार्टीबाट अलग भएकाे बताउनुभयाे।

पार्टीमा नेताहरूबिच कुर्सीकाे लडाइँले तल्लाे तहका कार्यकर्तालाई समस्या भएकाे भन्दै अब जसपा छाेडेर स्वतन्त्र नागरिकका रूपमा रहेकाे विज्ञप्तिमा भनिएकाे छ । जसपा पार्टीलाई दाङमा सशक्त रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका  महतारा विभिन्न सामाजिक संघसंथाहरूमा रहेर समेत नेतृत्व गरिरहनुभएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार