
दाङ,६ जेठ ।
वर्तमान गठवन्धन आँउदाे निर्वाचन सम्म कायम रहने नेकपा एमालेका महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ ।
प्रेस चाैतारी दाङले आज (आईतवार) बिहान दाङकाे तुलसीपुरमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममाउहाँले यस्ताे बताउनुभएकाे हाे ।
प्रेस चाैतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा महासचिव पाेखरेलले यसअघिकाे गठवन्धनले मुलुक ओरालो यात्रातर्फ गईरहेकाे अवस्थामा नयाँ गठवन्धन निर्माण भएकाे बताउनुभयाे।
मिसन ८४ काे अभियान मात्र चालेर सफल नहुने अवस्था देखेपछि पुरानाे गठवन्धन भत्काएर नयाँ समिकरण निर्माण भएकाे बताउनुभयाे ।
पुरानाे गठवन्धन वाह्य मुलुककाे इसारामा चलेकाले जनता र देशकाे हितमा काम गर्ने गरि नयाँ गठवन्धन निर्माण भएकाे उहाँले बताउनुभयाे ।
अहिले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभइ वाह्य हल्ला मात्र भएकाे भन्दै महासचिव पाेखरेलले वर्तमान गठवन्धन २०८४ सालसम्म निरन्तरता रहने दावि गर्नुभयाे ।
एक अर्काे फरक प्रसङगमा रास्वपा सभापती तथा गृहमन्त्री रवि लामिछानेले आफुलाई आराेप लागेकाे सहकारी काण्डकाे बिषयमा संसदमा उभिएर बाेल्न नपाउनु दुखद भएकाे बताउनुभयाे । लाेकतन्त्रमा विश्वास गर्ने दल नेपाली काङ्ग्रेसले संसदमा गृहमन्त्रीलाई बाेल्न दिदैनाै भन्ने कदम उचित नभएकाे बताउनुभयाे ।
केही सहकारीहरूमा समस्या रहेकाले राज्यका निकायले छानविन गरिरहेकाे बताउदै सहकारी आन्दोलनलाई समेत कमजाेर बनाउने काम कसैलेपनि गर्न नहुने बताउनुभयाे।
सहकारीमा बचतकर्ताकाे बचतकाे सुरक्षाकाे जिम्मेवारी राज्यले लिनुपर्ने र कमजाेरी गर्नेलाई कानुन अनुसार दण्डित गर्ने बिषयमा भने नेकपा एमाले तयार रहेकाे महासचिव पाेखरेलले बताउनुभयाे ।
यस्तै सरकारकाे प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्षले २० प्रतिशतमा दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेकाे भन्ने विषयमा सत्यता नभएकाे बतउनुभयाे। दलभित्र ४० प्रतिशतले नेतृत्वसँग असमहति राखेर दल विभाजन गर्न सकिने पक्षमा अहिलेपनि एमाले दृढ रहेकाे बताउनुभयाे।
टरिगाँउ एयरपोर्टका बिषयमा बाहिर आएका जेजति कुराहरू छन् सबै प्राबिधिक विषयहरूका कारण समस्या आएकाे बताउनुभयाे । एयरपोर्ट निर्माणका लागि पहल भैरहेकाे भन्दै आगामी वर्षको बजेटमा समेटीने गरि तयारी भएकाे महासचिब पाेखरेलले बताउनुभयाे ।