२०८१ जेष्ठ ३१ गते बिहिवार

अबरुद्ध भएको नेपाल टेलीकमको सेवा सुचारु



दाङ, १४ जेठ ।
आज बिहानदेखि अबरुद्ध भएको नेपाल टेलीकमको सेवा सुचारु भएको छ । टेलिफोन सेवा अवरुद्ध भएको तीन घण्टापछि सेवा सुचारु भएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिनुभयो ।

बिहान करिब पौने १० बजेतिरबाट समस्या आएपछि दाङसहित रोल्पा, सल्यान, रुकुम लगायतका ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

लमही-घोराहीको बिचमा फाइबरमा समस्या आएका कारण टेलिफोन सेवा अवरुद्ध भएको थियो । चौपट्टाको मन्दिर नजिकै डोजरले फाइबर तार काटेका कारण समस्या आएको थियो ।

लमहीबाट आएको ईन्जिनियरहरुको टोलीले मर्मत गरेपछि सेवा सुचारु भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार