दाङ, १७ जेठ ।
दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-२ डोडहीका होमबहादुर थापाका १८ वर्षीय छोरा विपिन थापाको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।
बिहिबार दिउँसो पौने एक बजे लमही नगरपालिका-२ डोडहीस्थित पाँच गाउँले कुलोमा पौडी खेल्ने क्रममा मृत्यु भएको भुसालले बताउनुभयो ।
थापासँगै ६ जना साथीहरु पनि नुहाउन गएका थिए । अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द रहेका छन् । छुट्टीको समयमा नुहाउन जाने क्रम बढेको भन्दै प्रहरीले नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
गर्मी बढेसँगै पौडी खेल्ने क्रममा यस्ता घटनाहरु बढेकोले आम नागरिकहरुमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार