२०८१ असार ४ गते मङ्गलवार

एक्सन किङ निखिल उप्रेती शनिबार दाङ आउदै



दाङ,१८ जेठ।

नेपाली चलचित्र क्षेत्रमा एक्सन किङका रूपमा परिचित  निखिल उप्रेती शनिबार दाङ आउनुहुने भएकाे छ। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहकार्यमा हुन लागेको पर्यटन प्रवर्द्दनका लागि सिनेमा र पर्यटन विषयक बहस कार्यक्रममा अभिनेता उप्रेती प्रमुख बक्ताकाे रूपमा दाङ आउन लागेकाे चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष सन्ताेष केसीले जानकारी दिनुभयाे।

उहाँका अनुसार भाेलि(शनिबार) काे कार्यक्रम शान्तिनगर गाउँपालिका वडा नम्बर ३ स्थित धार्मिक तथा पर्यटकिय क्षेत्र सुईकोटमा आयाेजना गरिएकाे छ।

दाङमा आन्तरिक पर्यटन प्रवर्द्द्नका लागि नेपाली सिनेमाकाे भुमिकाका विषयमा बहस हुदैछ। कार्यक्रममा अभिनेता निखिल उप्रेती संगै वक्ताका रूपमा चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरी र शान्तिनगर गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतसंग सिनेमा सम्वाद गर्न लागिएकाे छ ।

कार्यक्रमकाे सहजकर्ताका रूपमा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य धुर्वराज न्याैपाने(DRN) रहनुभएकाे छ ।

शनिबार बिहान १० बजेदेखि सुन्दरादेवि भगवती मन्दिर परिसर सुईकाेटमा सुर हुने चलचित्र बहसमा उपस्थितिका लागि सचिव निरला अर्याल गैरेले सबैमा अनुराेध गर्नुभएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार