२०८१ माघ ६ गते आइतवार

५२ जना शिक्षक तथा कर्मचारीले कपुरकाेटमा राजनैतिक दलको सदस्यता त्यागे



कपुरकोट, १८ जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकामा ५२ जना शिक्षक तथा कर्मचारीले राजनैतिक दलको सदस्यता त्यागेको स्वघोषणा गरेका छन् । गाउँपालिकाको निर्देशन बमोजिम शिक्षक तथा कर्मचारीले राजनैतिक दलको सदस्यता त्यागको स्वघोषणा गरेका हुन् ।

गाउँपालिकाको शिक्षा शाखाले गत बैशाख २८ गते पालिका भित्रका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनैतिक दलको सदस्यता त्याग गर्नुपर्ने निर्देशन दिए बमोजिम ५२ जना शिक्षक तथा कर्मचारीले राजनैतिक दलको सदस्यबाट राजिनामा गरी गाउँपालिकालाई बोधार्थ गरेको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

शिक्षा ऐन २०२८ संसोधनसहित १६ को दफा ‘ङ’ को उपदफा ५ को व्यवस्था कार्यान्वयनका लागि कपुरकोट गाउँपालिकाले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई १५ दिनको समय निर्धारण गरेको थियो ।

यस्तै गाउँपालिकाको गत जेठ १३ गते बसेको १११ औँ कार्यपालिका बैठकले गाउँपालिकामा कार्यरत स्थायी तथा अस्थायी सबै कर्मचारीले १५ दिनभित्र राजनैतिक दलको सदस्यबाट राजिनामा दिनुपर्ने निणर्य गरेको अध्यक्ष पुनले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार